नियम
निवेदन उपर जाँचबुझ तथा सिफारिस
: (१) नियम ५ बमोजिम पर्न आएका निवेदन उपर सम्बन्धित कारागारले जाँचबुझ गर्दा कैदीको चालचलनमा सुधार आएको, ऐनको दफा ३७ बमोजिम भुक्तान हुनु पर्ने कैद.अवधि भुक्तान गरेको र ऐनको दफा ३७ तथा यस नियमावली बमोजिम केद सजाय कट्टा गर्न मिल्ने देखिएमा प्राप्त निवेदन र सोसँग संलग्न कागजात र नियम ४ बमोजिम राखिएको सम्बन्धित कैदीको चालचलन सम्बन्धी अभिलेख समेत संलग्न गरी आफ्नो सिफारिस सहित सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी ससक्ष पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम कारागारबाट प्राप्त हुन आएको निवेदन र सोसाथ संलग्न कागजात उपर जाँचबुझ गर्दा कैद कट्टाको लागि निवेदन दिने कैदीको चालचलनमा सुधार आएको र ऐन तथा यस नियमावली बमोजिम त्यस्तो कैदीको कैद सजाय कट्टा हुन सक्ने देखिएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले सोही व्यहोरा खुलाई कैद कट्टाको लागि अनुसूची-३ बमोजिमको ढाँचामा विभाग समक्ष सिफारिस गर्नु पर्नेछ। (३) उपनियम (२) बमोजिम प्राप्त सिफारिस सहितको निवेदन उपर जाँचबुझ गर्दा ऐन तथा यस नियमावली बमोजिम कसूरदारलाई लागेको कैद कट्टा गर्न मनासिब देखिएमा विभागले एकमुष्ठ विवरण तयार गरी त्यस्तो कैद कट्टा गर्ने निर्णयको लागि मन्त्रालयमा लेखी पठाउनु पर्नेछ ।